कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा मिति २०७८।११।०४ मा लुम्बिनी प्रदेश, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको मातहतमा रहने गरी भौतिक पूर्वधार विकास मन्त्री माननीय सहसराम यादवज्यू र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री माननीय पुर्मती ढँगामगरज्यूबाट संयुक्त रूपमा समुदघाटन भै संचालनमा रहेको यस यातायात व्यवस्था सेवा कार्यालय, तौलिहवाको मुख्य उद्देश्य सेवाग्राहीहरूलाइ नजिकबाट सेवा दिनु र सेवा प्राप्तीमा सेवाग्रहीको सहज पहुँचको प्रबन्ध मिलाउनु सँगै सरोकारवालाको सन्तुष्ठि हासिल गर्नु रहेको छ । यस कार्यालयबाट देहायबमोजिमका सेवाहरू प्रदान गरिन्छ ।
- सवारी दर्ता प्रमाणपत्र (ब्लुवूक) नविकरण
- सवारी कर
- पटके बाटो इजाजतपत्र
- सवारी जाँचपास
- रूट परमिट नविकरण
- सवारी अनुगमन