क्र.सं.

उपलब्ध सेवाहरू

आवश्यक कागजातहरू

जिम्मेवार फाँट

सेवा शुल्क

लाग्ने समय

गुनासो सुन्ने

कैफियत

१.

सवारी साधनको कर तथा नवीकरण

-  तोकिएको अनुसूचीमा निवेदन
- सक्कल सवारीदर्ता प्रमाण पत्र (ब्लु बुक)
- म्याद भएको तेस्रो पक्ष बीमा

प्रशासन सवारी/ प्राविधिक/ राजस्व/ आ.प्र./ दर्ता/ चलानी

सवारी साधनको वर्गीकरण अनुसार कानूनले तोके बमोजिमको कर दस्तुर र जरिवाना

प्रक्रिया पुगेर आएमा सोही दिन

कार्यालय प्रमुख

लुम्बिनी प्रदेश बाहेक अन्य प्रदेशको सवारीको हकमा प्रदेश भित्र बसोबास तथा पेशा व्यवसाय खुलेका कागजात चाहिनेछ।

२.

यात्रु तथा मालवाहक भाडा सवारी तथा स्कुल बस र पर्यटक सवारीको जाँचपास

-  तोकिएको अनुसूचीमा निवेदन
-
अघिल्लो पटकको जाँचपास प्रमाणपत्र
- सवारी कर र नवीकरण नियमित भएको
- सवारी दर्ता प्रमाणपत्र,

- म्याद भएको तेस्रो पक्षको बीमा
नियमित मार्ग इजाजत प्रमाणपत्र
सवारीको भौतिक तथा यान्त्रिक अवस्था तथा रङ्गरोगन तोकिए बमोजिम ठिक दुरुस्त हुनुपर्ने।

प्राविधिक सवारी/ राजस्व/ आ.प्र./ दर्ता/ चलानी

सवारी साधनको वर्गीकरण अनुसार कानूनले तोके बमोजिमको कर दस्तुर र जरिवाना

प्रक्रिया पुगेर आएमा सोही दिन

कार्यालय प्रमुख

म्याद सकिएको ७ दिनभित्र जाँचपास गरिसक्नु पर्नेछ।

३.

सार्वजनिक (भाडा) सवारीको बाटो इजाजत नवीकरण

- तोकिएको अनुसूचीमा निवेदन
सवारी कर र नवीकरण नियमित भएको
- सवारी दर्ता प्रमाणपत्र,

- म्याद भएको तेस्रो पक्षको बीमा
नियमित मार्ग इजाजत प्रमाणपत्र

परमिट/ प्रशासन सवारी/ राजस्व/ दर्ता/ चलानी

सवारी साधनको वर्गीकरण तथा मार्गको दुरी अनुसार कानूनले तोके बमोजिमको कर दस्तुर र जरिवाना

प्रक्रिया पुगेर आएमा सोही दिन

कार्यालय प्रमुख

लुम्बिनी प्रदेश अन्तर्गतको इजाजत हुने।

४.

अस्थायी पटकै इजाजत पत्र

तोकिएको अनुसूची ढाँचामा रु. १० को टिकट वा नगद दस्तुर संलग्न निवेदन, कर तथा नवीकरण नियमित सवारी दर्ता प्रमाण पत्र, नियमित सवारी दर्ता प्रमाणपत्र, नियमित मार्ग इजाजत प्रमाणपत्र।

प्रशासन सवारी/ प्राविधिक/ राजस्व/ आ.प्र./ दर्ता/ चलानी

सवारी साधनको वर्गीकरण तथा मार्गको दुरी अनुसार कानूनले तोके बमोजिमको दस्तुर र जरिवाना

प्रक्रिया पुगेर आएमा सोही दिन

कार्यालय प्रमुख

तोकिएको मार्ग बाहेक अन्य मार्ग प्रवेश गर्नुपर्ने अवस्थामा मात्र पटकै इजाजत लिनु पर्नेछ।

५.

विदेशी सवारी सञ्चालन अनुमतिपत्र

तोकिएको अनुसूची ढाँचामा रु. १० को टिकट वा नगद दस्तुर संलग्न निवेदन, विदेशी सवारी साधनको विवरण खुलेको कागजात सवारी चालक अनुमतिपत्र, नेपाल प्रवेशको भन्सार अनुमति।

प्रशासन सवारी/ राजस्व/ परमिट/ दर्ता/ चलानी

सवारी साधनको वर्गीकरण तथा कानूनले तोके अनुसार दस्तुर

प्रक्रिया पुगेर आएमा तत्काल/ सोही दिन

कार्यालय प्रमुख

अधिकतम ३० दिन तथा भन्सार अनुमति को अवधि सम्म मात्र प्रदान गरिनेछ।

६.

यातायात सेवाको पञ्जीकरण

यातायात सेवा सञ्चालकको नागरिकता, कम्पनीको विधान, कम्पनी दर्ता प्रमाणपत्र, आयकर/ भ्याट दर्ता प्रमाणपत्र, कार्यालयको जग्गाधनी पुर्जा, घरभाडा सम्झौता, नियमित सवारी कर, नवीकरण सहितको दर्ता प्रमाणपत्र, तेस्रो पक्षको साथै सवारी, यात्रु, मजदुर, वायुमण्डल लगायतको बीमा, सवारी चालक नियुक्तिपत्र, सवारी चालक अनुमतिपत्र, सवारी जाँचपास, सवारी मार्ग इजाजतपत्र।

प्रशासन सवारी/ राजस्व/ दर्ता/ चलानी

कानूनले तोके बमोजिमको दस्तुर

प्रक्रिया पुगेर आएमा तत्काल/ एक हप्ता भित्र

कार्यालय प्रमुख

पूँजी तथा आर्थिक कारोबारको आधारमा राजस्व दस्तुर लाग्नेछ।